loader

Breaking News

कालेबुङमा प्लगिङ ड्राइभ आयोजित

Image
 

विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार कालेबुङ ३ माइलमा ‘मेरो कालेबुङ’ शीर्षकमा विशेष प्लगिङ ड्राइभ आयोजना गरियो। जीटीएको सहयोगमा यस अभियानलाई जेन गोर्खाले आयोजना गरेका थिए भने कार्यक्रम कालेबुङ–1 पञ्चायत समिति सभापति ममता गुरुङको नेतृत्वमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा कालेबुङ विधायक रूदेन सादा लेप्चा, कालेबुङका जिल्ला अधिकारी बालासुब्रमण्यम टी, जीटीए पर्यटन विभागका कार्यकारी निर्देशक सोनम भोटिया,  जीटीए पीआरओ तथा समष्टि अध्यक्ष अनुप छेत्री, 33 नम्बर समष्टि सभासद सिनोरा नाम्चु, पर्यटन ओसी प्रितम लिम्बु, पञ्चायत प्रधान तसुथिङ लेप्चा साथै जेन गोर्खाका तर्फबाट खेनसेन घिसिङ लगायत अन्य प्रमुख व्यक्तित्व, पञ्चायत सदस्य, राजनीतिक कार्यकर्ता र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै अवसरमा कालेबुङ–1 पञ्चायत समितिले एडभेन्चर सर्किट हब र सर्वोत्कृष्ट दिगो गाउँ गन्तव्य सम्बन्धी जानकारीयुक्त पुस्तिका सार्वजनिक गर्दै कालेबुङलाई पर्यावरणमैत्री पर्यटनको अग्रणी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको घोषणा गऱ्यो।


Leave a Comment